दर्शकसँग ‘मारुनी’ टिम

फिल्म । फिल्मकर्मी प्रचारप्रसारको क्रममा मोफसल पुग्ने गर्छन् । तर , अधिकांस भने मिडियाकर्मीसँग मात्र भेटघाट गर्छन् । किनकी अन्तिम समयमा चाप त्यतिकै हुन्छ । तर यस क्रममा केहि फरक देखिएको छ , मारुनी टिम । मोफसल टुरमा रहेको मारुनी टिमले मिडियाकर्मीसँग भेटघाट गर्नुका साथै दर्शकसँग पनि साक्षात्कार गरेको छ ।

यसको सुरुवात सुनसरीको इटहरीबाट भएको छ । बुधबार इटहरीमा भएको भव्य कन्सर्टमा पुष्प खड्का र साम्राज्ञी आरएल शाहसँगै निर्मात्री पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्लेले दर्शकसँग साक्षात्कार गरे । कन्सर्टमा पुष्प र साम्राज्ञीले फिल्ममा समावेश गीत ‘जाम न माया जाम र सक्दिनँ म बाँच्न’ मा आफ्नो प्रस्तुति दिएका थिए ।

दुईले दर्शकको आग्रह स्वीकार गर्दै निकैबेर सेल्फीमा पनि रमाए । कन्सर्टमा ‘मारुनी’ जोडीको क्रेज गजब देखिएको थियो । कार्यक्रममा स्थानिय मोडलहरुले फिल्मको टि-सर्टमा र्‍याम्प वाक पनि गरेका थिए । त्यसपछि टोलि नेक्स्ट स्टेसन चितवन आइपुग्यो । त्यहाँ पनि दर्शकसँग मारुनी टिमले साक्षात्कार गर्यो । साम्राज्ञी र पुष्पलाई आफु सामू पाउँदा फ्यान हर्षित थिए ।

फिल्ममा सह-निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । रेविका गुरुङ, शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई मित्र डि.गुरुङले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्