ब्याचलर बन्टी : बैशाखमा छायाँकन , भदौमा प्रदर्शन

फिल्म । अन्तत सुदिप खड्का र मिलन चाम्सको संयुक्त निर्माणमा तयार हुने भनिएको फिल्म ‘ब्याचलर बन्टी’ निर्माण हुने भएको छ । बुधवार फिल्मका मुख्य कलाकार अनमोल केसीसँग सुदिप र मिलनले छलफल गरेपछि फिल्म निर्माण हुने र वर्ष २०७६ को भदौ दोस्रो साता प्रदर्शन गरिने सहमति पनि गरिएको छ ।

तर फाइनल गरिएको स्क्रिप्टमा केहि फेरबदल गर्दै नाम परिवर्तन गर्ने सहमति पश्चात फिल्म बैशाख देखि फ्लोरमा जाने सहमति गरिएको बुझिएको छ । अर्थात अनमोलले आफू अभिनीत दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ रिलिज भएपछि उक्त फिल्म गर्नेछन् । ‘क्याप्टेन’ फागुन १७ र र ‘ए मेरो हजुर ३’ चैत २९ मा रिलिज हुँदैछ । चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का प्रोडक्सनको व्यानरमा बन्ने फिल्ममा अनमोलको अपोजिटमा डेब्यु नायिका उकुशा गिरी देखिनेछिन् ।

कमेन्ट गर्नुहोस्