फिल्म । निर्देशकको रुपमा फिल्म ‘आइएम सरि’ मार्फत भित्रिएका हुन् दिनेश राउत । उनले डेब्यु फिल्ममै लभ स्टोरीलाई न्याय गर्न सक्ने निर्देशकको परिचय बनाए । त्यसपछि उनले आफ्नो निर्देशन यात्रालाई अगाडी बढाए । नोभेम्बर रेन , क्लासिक , पर्व , प्रसाद लगायतका फिल्ममा निर्देशन गरिसकेका दिनेश अब निर्माता मात्र बन्ने भएका छन् ।
उनले केहि फिल्ममा निर्माताको अनुभव पनि नसंगालेका होइनन् तर त्यसमा उनि निर्देशक पनि थिए । यतिबेला भने उनले निर्देशनको जिम्मा विशाल सापकोटालाइ दिएका छन् । ‘सेल्फी किङ’ नामक फिल्ममा लिड रोलमा विपिन कार्की छन् । उनलाई फिल्ममा को-स्टारको रुपमा लक्ष्मी बर्देवाले साथ् दिनेछिन । फिल्ममा दिनेशलाई सुभाष थापाले निर्माताको रुपमा सहकार्य गर्नेछन् ।
दिनेश र सुभाषको सहकार्य अघिल्लो फिल्म ‘प्रसाद’ मा देखिएको थियो । निर्देशक सापकोटाले यसअघि दिनेशकै डेब्यु फिल्म ‘आइ एम सरी’ मा अभिनय गरेका थिए । दिनेशको एकदमै नजिक मानिने विशालले केहि समय अगाडी ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बनाउने चर्चा पनि चलेको थियो ।











