किर्तिपुरको ट्रेलर सार्वजनिक (भिडियो)

32 Shares

फिल्म । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप खड्गीद्वारा निर्देशित यो फिल्म असार १३ गतेदेखि प्रदर्शन हुँदैछ । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो फिल्म लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो ।

फिल्मको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् । विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ फिल्मका निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले यो फिल्मलाई छायांकन गरेका हुन् ।

यसमा अभिनेता एसराज गराचले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो फिल्मलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देश्ँक खड्गी बताउ“छन् ।

Facebook Comments