प्रकाशसंग मेलिनाको ‘प्रार्थना’ (भिडियो)

संगीत । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण दैनिक रुपमा नागरिकको निधन भइरहेको छ । संक्रमित हुनेसंगै संक्रमणमुक्त हुनेको संख्या दैनिक जसो सुन्ने गरिन्छ । मानिसहरुले ‘समवेदना’ र ‘श्रद्धाञ्जली’का शब्द नलेख्नुपरोस् भन्ने चाहिरहेका छन् । यसै सन्दर्भमा गायक प्रकाश सपुत र गायिका मेलिना राईको स्वरमा ‘प्रार्थना’ बोलको गीत सार्वजनिक भएको छ । अशोक शेरचनको शब्द तथा प्रकाश सपुतको संगीत रहेको गीतमा योगेश काजीको मिक्सिङ र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

प्रवेश पौडेल निर्देशित भिडियोमा गायक प्रकाश र गायिका मेलिनासँगै प्रसन्न ढुंगाना, राकेश भडेल, दिपाञ्जली पर्या मगर, सुष्मा चौधरी, स्मन लामा, करण यादव र बाल कलाकार आरिहान पौडेल तथा प्रविष्ट सपुत फिचर्ड छन् । भिडियोमा मनोज जोशीको क्रिएटिम एसोसिएट, जीवन थापाको सम्पादन, कलर र जीएफएक्स छ ।

कमेन्ट गर्नुहोस्