फिल्म । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पोइ पर्यो काले’ को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश गीतलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा यसका प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धर फिचर्ड छन् । रामजी लामिछाने गीतका कोरियोग्राफर हुन् ।
गीतमा गायक रामचन्द्र काफ्ले र गायिका अञ्जु पन्तको संयूक्त गायन छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा नृपेश उप्रेतीको शब्द छ । गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ ।
कालो वर्ण भए पनि मन गोरो भएको एक पात्रको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘पोइ पर्यो काले’ को मूलकथा अभिनेता सौगातको वरिपरि घुमेको छ । शिशिर राणा फिल्मका लेखक तथा निर्देशक हुन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।