फिल्म । अभिनयमा आफुलाई स्थापित गर्न तत्पर सुरज पाण्डेले निर्देशनमा डेब्यु गर्ने भएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सुरजको डेब्यु निर्देशन रहने फिल्म परस्त्रीको घोषणा गरिएको छ । दीपेन्द्र के खनालको लेखन रहने फिल्ममा सुरजकै आमा शर्मिला पाण्डे निर्मात्री छिन् । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्म परस्त्रीलाई नेपालीसँगै हिंन्दी भाषामा समेत तयार गरिने जानकारी दिइयो । गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भुमिका रहने फिल्मका लागि अन्य कलाकार छनोटको क्रममा रहेका छन् ।
डेब्यु निर्देशक पाण्डेले आफ्नो प्राथमिकतामा निर्देशन विधा रहेको बताए । ‘म निर्देशनमा आउन चाहन्थे तर त्यसका लागि आवश्यक गृहकार्य पुगेको थिएन । अध्यन गरेर र केहि बुझेर फिल्म निर्देशन गर्ने हिम्मत जुटाएको छुँ’ सुरजले भने । निर्देशक दीपेन्द्रले यसमा आफु लेखकको भूमिकामा मात्र रहेकाले कुनै हस्तक्षेप टीमलाई नहुने प्रस्ट्याए । ‘सुरजले काम गर्न सक्छन भन्ने लगेर नै कथा सुम्पिएको हुँ’ दीपेन्द्र भन्छन् ,’यो फिल्म पूर्ण रुपमा नेपाली परिवेशमा केन्द्रित छ । यो सब्जेक्ट दर्शकका लागि विल्कुलै नयाँ रहनेछ ।’
निर्माण टिमका अनुसार आवश्य अन्य कलाकार अडिसन मार्फत छनोट गरिने जानकारी दिइयो । निर्माण टिमका अनुसार २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रकी अन्य अभिनेत्री अडिसन मार्फत छानिने छन् । सम्पूर्ण लोकेशन काठमान्डौ नै चयन गरिएको सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म फागुन तेस्रो साताबाट फ्लोरमा जानेछ । यस्तै, निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको ‘ चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ ।











