‘हाम्रो सोच्ने शैली एउटै छ’

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउदैछ फिल्म ‘गरुड पुराण’ । कमेडी जनरमा निर्मित फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका छन् , यसमा कर्मा , कामेश्वर चौरसिया , परविन खतिवडा , प्रविन खतिवडा लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत प्रियंका सिंहले डेब्यु गर्दैछिन । फिल्ममा लगभग थियटर ब्याक ग्राउण्ड भएकै कलाकार छन् , तर संयोग मात्र भएको निर्देशक कोइराला बनाउछन् । ‘हामीले कथा अनुसार नै पात्र चयन गर्दै अगाडी बढ्यौ तर सबै थियटरकै हुनुहुदो रैछ’ निर्देशक कोइराला भन्छन् ‘काम गर्न निकै सहज भयो किनकी हाम्रो बिचार पनि मिल्थ्यो ।’

उनले काम गर्ने शैली मिल्ने बताए । ‘हामी आफ्नो काममा मात्र फोकस हुन्छौ , काम बाहेक केहि सोचिनन्’ निर्देशक कोइराला भन्छन् ‘हामीले आफ्नो काम गर्छौ , तर कामकै लागि कसैसँगै विन्ती गरेका छैनौ ।’ उनि मात्र होइन कर्मा , कामेश्वर र प्रविन पनि कामकै लागि रिलेशन राख्न नसक्ने बताउछन् । ‘हामीलाई कामसँग मतलब हुन्छ’ कामेश्वर भन्छन् ‘त्यसपछी पीआर मेन्टेन नहुदा हामी धेरैको आँखामा पर्न सक्दैनौ ।’ कामेश्वर झैँ कर्मा पनि पर्दामा देखिरहन निर्देशकको आँखा अगाडी देखिरहनु पर्ने बताउछन् ।

‘हामी आफ्नै काम र दुनियामा व्यस्त छौ , क्याम्प वा टिममा नभएकोले पनि सायद हामी विकल्पको नाम मात्र बनेकाछौ ।’ कर्मा र कामेश्वर झैँ अभिनयमा राम्रो मानिन्छन , प्रवीण पनि । तर उनि पनि निर्देशकको आँखामा नपरेको महसुस गर्छन । ‘यहाँ काम गर्ने क्षमतासँगै पीआर मेन्टेन गर्ने क्षमता पनि चाहिन्छ , त्यसैले हाम्रो अधिकाँस समय थियटरमा वित्छ’ प्रवीण भन्छन् ‘थियटरमा काम गर्दा खुसि छुटैछ र हाम्रो नेचर अनुसार ठिक छ जस्तो पनि लाग्छ ।’ उनि पनि कामकै लागि पीआर मेन्टेन गर्न नसकेको बताउछन् ।

निर्माता तथा निर्देशकसंग फ्रेन्ड्ली भएकै कारण केहि कलाकारले काम नपाइरहेका पनि होइनन् , तर क्षमतानै महत्वपूर्ण हो । तर माथि उल्लेखित सबै कलाकार अभिनयको मामिलामा अगाडी आउने नाम हुन् , जसले थियटरमा दर्शकको मन जित्छन तर फिल्ममा भने निकै कम देखिन्छन् । शुक्रबारबाट पर्दामा लाग्ने गरुड पुराणबाट आफुहरु अगाडी आउने यिनको विश्वास छ । निर्देशक कोइराला पनि पछिल्लो सफलता र असफलताबाट सिकेर फिल्मलाई तयार गरेको बताउछन् । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

कमेन्ट गर्नुहोस्