रीमा मिस बनिन् (भिडियो)

संगीत । पछिल्लो समय नेपाल आइडल मार्फत चर्चामा आएकी मोडल रीमा विश्वकर्माको व्यस्तता भिडियोमा उतिकै छ । उनि स्टेज शो मा पनि व्यस्त नै छिन । उनि अभिनित ‘माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनि शिक्षिका बनेकी छिन भने उनिसँगै भिमफेदी गाइज फिचर्ड छन् । गीतमा स्वर अमिर बम्जनको रहेको छ ।

घाँटी देखि शरिरका तल्लो भागले काम नगर्ने कलाकारको रुपमा परिचित छन् , अमिर । चित्रकार समेत रहेका अमिरको गीतमा शब्द दिनेश थपलिया र संगीत बसन्त सापकोटाले दिएका छन् । भिडियोलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी गरेका छन् भने सम्पादन तथा निर्देशन प्रविन श्रेष्ठले गरेका छन्।

कमेन्ट गर्नुहोस्