‘हिस्सी परेकी’ सार्वजनिक (भिडियो)

जयहोस । सफल गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक भएको छ । गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । दर्पण मिडियाको प्रस्तुति र एन के ब्रोदरसको संगीत रहेको गीतमा गोपी दाहाल र किशु गुरुङले स्वर दिएका छन् । भिडियो भने ठुलो पर्दामा पनि देखिएका अनुहार सुशान्त कार्की, मरिस्का पोखरेल, यादब देबकोटा (सरापे), इश्वर बल्लब उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय देख्न सकिन्छ । जनता डिजिटल एण्ड फिल्मस्ले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । निश्चल केसीको कोरियोग्राफी, बिदुर पाण्डे (नबिन)को छायाँकन रहेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् । गीतकार गोपीका यस अगाडि बिस्व सुन्दरी, कालो कालो केश, हाम फालेर आउ, इटहरीको सुकुटी र बसाई सर मेरी माया जस्ता गीतहरुमा बजारमा हिट मानिएका छन् । ‘हिस्सी परेकी’ गीत गीतकार गोपीले आफ्नै यूउटुब च्यानल दर्पण मिडियाबाट सार्बजनिक गरेका हुन् ।
कमेन्ट गर्नुहोस्