अजय र रनबीरको फिल्म नबन्ने ?

फिल्म । निर्देशक तथा लेखक लव रञ्जनले आफुलाई प्यारका पंचनामा सिरिज मार्फत नै प्रमाणित गरिसकेका छन् । लेखक तथा निर्देशकको रुपमा दर्शकलाई चाहिएको रम-कम जनरको फिल्म पस्किन माहिर मानिने लवले नयाँ फिल्मको तयारी थालेका थिए । यसवर्षको अन्त्य सम्ममा फ्लोर ज्वाइन गर्ने लक्ष्य रहेको फिल्मको स्क्रिप्टमा काम भइरहेको फिल्ममा लवले अजय देवगन र रणवीर कपूरलाई कास्ट गर्ने लगभग तय गरेका थिए । तर यतिबेला यो फिल्म नबन्ने चर्चा बि-टाउनमा छ ।

दीपिका पादुकोण र तब्बुको समेत अभिनय रहने भनिएको फिल्म निर्देशक लवकै कारण नबन्ने सम्भावना बढेको हो । किनकी उनको नाम फिल्मको घोषणा भएसंगै मिटूमा जोडिएको थियो । जसले गर्दा फिल्मको काम अगाडी बढ्न सकेको छैन । यसै बीच फिल्म नबन्ने चर्चा समेत बढेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्