सुश्री सम्पतिको झुम्की रिलिज (भिडियो)

फिल्म । मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रियंका कार्की हट अवतारमा प्रस्तुत छिन भने उनिसँगै सलोन बस्नेत , बिनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतमा फिचर्ड छिन । गीतमा शब्द र संगीत सुरेश अधिकारीको रहेको छ भने यसलाई मिना निरौला र राजन इशानले स्वर दिएका छन् । तिहार आउदै गर्दा निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । ‘गीत राम्रो लागेर नै अभिनय गरेकी हु’ प्रियंकाले भनिन । उनले यसलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको समेत बताइन ।

सार्वजनिक ‘झुम्की’ गीतले दर्शक तथा श्रोतालाई नचाउनेमा निर्माण टिम पनि विश्वस्त छन् । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् । सार्वजनिक हुकुम बक्सियोस गीतले दर्शक तथा श्रोताको मन जित्दै गर्दा ‘झुम्की’ सार्वजनिक भएको हो । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । ‘तिहारको कोसेली हाम्रो तर्फबाट दर्शकलाई , झ्म्की नै हो’ सुव्रतले भने । उनले फिल्म हेर्दा दर्शकको समय र पैसा सदुपयोग हुने समेत बताए ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्