‘हात्तीछाप’मा सौगात र दयाको जोडी

फिल्म । किरण नेपालीको निर्माणमा तयार हुने फिल्म ‘हात्तीछाप’ सौगात मल्ल र दयाहाङ राईको जोडी पुनः एकसाथ देखिने भएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने फिल्ममा दुवैले सम्झौता गरेका छन् । फिल्मको कथालाई प्रदीप भारद्धाजले लेखेका हुन् । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मलाई चैत्रबाट सुरु गर्ने योजना निर्माताको छ ।

कमेन्ट गर्नुहोस्