सर्यो ‘प्रेम दिवस’ ?

फिल्म । जेष्ठ ३ लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘प्रेम दिवस’ दुइ हप्तापछी सरेको छ । वितरक कम्पनि एफडीकै वितरण रहने अर्को फिल्म ‘वीर विक्रम २’ सोहि समयमा रिलिज हुने घोषणा भएपछी भएको छलफल अन्तर्गत ‘प्रेम दिवस’ ले नयाँ रिलिज डेट जेष्ठ १७ घोषणा गरेको छ । फिल्मको मोफसल वितरक कम्पनि एफडीका एमडी सुशील पोखरेलले रिलिज मिति बारे सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । तर निर्देशक घिमिरेले भने फिल्मको नयाँ डेट तय नगरिएको बताए । ‘हामीले सम्झौता गरिसकेका छैनौ’ निर्देशक घिमिरे भन्छन् ‘अगाडीका केहि फिल्मको डेट सर्यो भने यसको पनि सर्छ नत्र यथावत रहन्छ ।’

यसमा प्रियंका कार्की , आयुष्मान डिएस जोशी र डेब्यु ब्वाई विशाल खरेलको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्मलाई निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्म एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ । निर्देशक घिमिरे फिल्मलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् । रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् ।

Facebook Comments