‘सूर्यवंशी’ पनि रिलिज नहुने

फिल्म । विश्वभर पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यतिबेला स्थिति सहज छैन । यसैले गर्दा सभा सम्मेलन रोकिएका छन् भने फिल्म पनि बन्द भइरहेका छन् । यसै बीच आउँदो मार्च २४ मा रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ को रिलिज पनि रोकिएको छ । रोहित शेट्टी निर्देशित फिल्म प्रतिक्षित थियो , यद्दपी परिस्थितिले गर्दा घोषित समयमा प्रदर्शन गर्न नसकिने बताएको छ ।

निर्माण कम्पनीले एक विज्ञप्ती जारी गर्दै कोरोनाको कारण पहिलो प्राथमिकता जनताको स्वास्थ्य भएको भन्दै प्रदर्शन मिति पछि सारेको हो । अर्कोतिर, भारतका विभिन्न राज्यका सरकारहरुले हल बन्द गर्ने निर्णय पनि गरिसकेका छन् । यसैले गर्दा पछिल्लो समय रिलिज हुने भनिएको नयाँ फिल्मले पोष्टपोण्ड भइरहेका छन् । रिलिज रोकिएको फिल्म कहिले प्रदर्शनमा आउछ भन्ने बारे बताइएको छैन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्