काठमाडौं फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल

सौन्दर्य । चर्चित फेसन शो ‘काठमाडौं फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ। यस विषयमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबीच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो ।

फेसन डिजाइनरहरूको समूह ‘फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल’ले गत वर्षदेखि वार्षिक दुई पटक ‘काठमाडौं फेसन वीक’ आयोजना गर्दै आएको छ। यस फेसन शोले संस्कृति र परम्परालाई विशेष जोड दिँदै पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नेपाली डिजाइन र मोडलहरूको मात्र सहभागिता रहने यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली डिजाइनरहरूलाई सहयोग र प्रवद्र्धन गर्नु हो ।

नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले यसपटकबाट ‘काठमाडौं फेसन वीक’लाई नेपालकै सबैभन्दा भव्य फेसन शो बनाउने योजना रहेको बताए । नेक्स्ट मोडल्स नेपालले यसअघि ‘मिस्टर नेपाल’, ‘मोडल हन्ट नेपाल’, ‘मिस नेपाल पिस’ र ‘डिजाइनर्स रनवे’ जस्ता प्रतिष्ठित कार्यक्रमहरू आयोजना गरिसकेको छ। ‘काठमाडौं फेसन वीक’को आगामी सिजनबारे केही दिनपछि एक भव्य कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ।

कमेन्ट गर्नुहोस्