ज्याक्लिन देखि दीपिकासम्म देखिनेछन् बायोपिकमा !

82 Shares

फिल्म । बलिउडमा बायोपिकको लहर राम्रोसँग नै चल्ने गरेको छ । बयोपिक फिल्मले दर्शकको साथ् पाउन थालेपछि यसको निर्माणमा वृद्धि आइरहेको छ । त्यसो त बायोपिकमा देखिने कलाकारले आफ्नो अभिनय क्षमतालाई पनि मुल्यांकन गर्न पाउछन । गत वर्ष बलिउडमा रिलिज भएको बायोपिकले दर्शकको राम्रै साथ् पाएको थियो । संजु , प्याडम्यान लगायतका फिल्म सफल भएपछी सन् २०१९ मा पनि बलिउडमा बायोपिक फिल्म निर्माणले निरन्तरता पाउने भएको छ । यसमा केही एक्ट्रेसले आफुलाई बायोपिककै लागि तयार समेत गरिरहेका छन् । आउदो वर्ष हामीले क-कसलाई बायोपिकमा देख्ने छौ त ? आउनुस चर्चा गरौ ।

ज्याक्लिन फर्नान्डिज
श्रीलंकाकी सुन्दरी ज्याक्लिनलाई पनि सन् २०१९ मा बायोपिकमा देख्न पाइनेछ । ग्लामर छविका कारण चर्चामा आउने ज्याक्लिनलाई साइकिलिस्ट डेबोरा होराल्डको बायोपिकमा देख्न पाइनेछ । फिल्ममा देखिने पक्का पक्कि भएपछी ज्याक्लिनले ट्रेनिङ समेत लिईरहेकी छिन । आफुलाई फिट देखाउन उनले कडा मेहनत गरिरहेकी छिन । त्यसो त उनको हाउसफुल ४ पनि यो वर्ष नै रिलिज हुनेछ ।

कंगना रनौत
कंगना अभिनित फिल्म मनिकर्णिका : द क्विन अफ झांसी चर्चामा छ । फिल्मको ट्रेलरले नै यसलाई प्रतिक्षित बनाएको छ । फेमिनिस्ट फिल्ममा राम्रो सम्भावना देखाउने कंगनाले यस फिल्ममा आफलाई मनिकर्णिकाको अवतारमा प्रस्तुत गर्दैछिन । फिल्म जनवरीमा नै रिलिज हुदैछ ।

दीपिका पादुकोण
दीपिका गत वर्ष चर्चामा रहिन । उनले अभिनय गरेको फिल्म पद्मावत रिलिज भयो भने प्रेमी रणवीर सिंहसँग विवाह पनि । दीपिकाले आफ्नो ६ वर्ष लामो प्रेमलाई विवाहमा परिणत गरिन । यसैले गर्दा पनि उनि चर्चामा रहिन । रानी पद्मावतीको भूमिका निर्वाह गरिसकेकी दीपिका अब छपाक नामक फिल्मको तयारीमा जुटेकी छिन । उनले यो फिल्म साइन गरिसकेकी छिन । एसिड अट्याक लक्ष्मी अग्रवालको बायोपिक भनिएको यो फिल्म यसै वर्ष रिलिज हुनेछ ।

ऋचा चड्ढा
ऋचाले पनि यो वर्ष बायोपिकमा काम गर्नेछिन् । हट छविको कारण चर्चामा आउने ऋचाले शकिला नामक फिल्ममा अभिनय गर्नेछिन् । जसको पोष्टर समेत रिलिज भईसकेको छ । पोर्नस्टार शकिलाको बायोपिक भनिएको फिल्मको पोष्टर पनि सार्वजनिक भईसकेको छ ।

जान्ह्वी कपुर
जान्ह्वीले यो वर्ष गुन्जन सक्सेनाको बायोपिकमा निर्माण हुने फिल्ममा काम गर्नेछिन । गत वर्ष डेब्यु फिल्म धड़क मार्फत नै आफुलाई स्थापित बनाएकी जान्ह्वीले आफुलाई बायोपिकमा देखिन पाउदा खुसि लागेको बताएकी छिन । लेडी फाइटर पाइलटको रुपमा चिनिएकी गुन्जनको भूमिकामा आफुलाई पर्फेक्ट बनाउन जान्ह्वीले प्रशिक्षण समेत लिईरहेकी छिन ।

श्रद्धा कपूर
श्रद्धा पछिल्लो समय फिल्म ‘साहो’को कारण चर्चामा छिन । बाहुबली सिरिज मार्फत स्टार बनेका प्रभासको अभिनय रहेको फिल्म प्रतिक्षित बनिरहेको छ । साहोको काम सकाएकी श्रद्धाले सायना नेहवालको बायोपिकमा काम गर्दैछिन । उनले पनि भूमिकाको लागि तयारी गरिरहेकी छिन ।

Facebook Comments