‘टक्सिक’ ट्रेलरमा यशको नयाँ अवतार

फिल्म । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मा देखिदैछन् ।सार्वजनिक गरिएको ट्रेलरमा यशको भिन्न भिन्न अवतार देखाइएको छ । यश ‘रोयल लुक्स’ सँगै उनको लुक्सलाई दमदार रुपमा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

फिल्मको निर्माता यश आफैं हुन् । उनको प्रोडक्सन कम्पनी मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् । सार्वजनिक ‘टक्सिक’ रेलरमा यशसँगै नयनतारा, कियारा आडवाणी, रुक्मिणी वसन्त, तारा सुतरिया, हुमा कुरेसी लगायतका कलाकार देखिएका छन् ।

कमेन्ट गर्नुहोस्