मेलिनाले गरिन् सञ्जिवसँग इंगेजमेन्ट

संगीत । गायिका मेलिना राईले टिकाटालो गरेकी छिन् । मेलिनाले सञ्जिब बराइलीसँग इंगेजमेन्ट गरेकी छिन् । कम्मरमाथि पटुकी, पल भरमै खुशी, कर्लीकर्ली कपाल, कुटुमा कुटु जस्ता गीत गाएर चर्चित बनेकी गायिका मेलिना स्वयंले सञ्जिवसँगको फोटो राख्दै इंगेज्ड भएको जानकारी गराएकी हुन् । मेलिना र सञ्जिव एक वर्षदेखि प्रेममा रहेका थिए ।

सञ्जिव पेसाले गिटारिष्ट हुन् । एरेन्जर तथा गिटारिस्ट गोपाल रसाइलीको समूहमा रहेर काम गर्दै आएका थिए । मेलिना आधुनिक तथा पाश्र्व गायनमा अन्जु पन्तपछि सर्वाधिक रुचाइएकी गायिका हुन् ।

कमेन्ट गर्नुहोस्