सुरजको गीतमा प्रियंका र पुष्प (भिडियो)

संगीत । गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको छ भने यसमा संगीत हरि लम्सालको रहेको छ ।’सबैले कुल्ची हिड्थे बाटो झैं मेरो दिललाई’ बोल रहेको गीतको भिडियोमा भने मायामा धोका पाएको एउटा प्रेमीको पिडालाई व्यक्त गरिएको छ । थोरै गीत मात्र गीत बनाउने तर स्तरीय बनाउने सोचमा रहेका गायक सुरजको यसअघि अरु दुइवटा भिडियो पनि सार्बजनिक भईसकेका छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । अभिनेत्री प्रियंका कार्की र पुष्प खड्काको अभिनय रहेको गीतलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।
कमेन्ट गर्नुहोस्