फिल्म । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतलाई नेशनल अवार्डमा सम्मान गर्ने चर्चा चलेको छ । भारतीय मिडियाले सूचना तथा प्रशारण मन्त्रालयको श्रोतलाई उदृत गर्दै सुशान्तले सम्मान पाउने सम्भावना रहेको जनाएको छ । उनलाई नेशनल अवार्डको बीच सम्मान गर्ने विषयमा मन्त्रालयमा छलफल भएको बुझिएको छ ।
दुइ महिना अगाडी गत जुन १४ मा उनि घरमै मृत फेला परेका थिए । सुशान्त स्वर्गीय भएको लामो समय भएता पनि उनको मृत्यु प्रकरणको छानविन भइरहेको छ । सुशान्तको परिवारले रिया चक्रवर्तीनै मृत्युको कारक भएको भन्दै एफआइआर दर्ता गराइसकेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










