फिल्म । अन्तर्राष्ट्रिय कलाकार महासंघको चुनावी सभामा नेपालका प्रतिनिधित्व अभिनेता सुनील कटुवालले गर्ने भएका छन् । नेपाल चलचित्र कलाकार संघका तर्फबाट प्रतिनिधित्व गर्न उनी आइतबार बेलायततर्फ प्रस्थान गरेका हुन् । नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा आयोजना हुने उक्त सभामा उनले सहभागी हुनेछन् ।
कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल नेपाल चलचित्र कलाकार संघका एक्ला प्रतिनिधि हुन् । बेलायतमा हुने उक्त कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
महासंघको मुख्य कार्यक्रम बर्मिङ्घमको प्रतिष्ठित सिम्फोनी हलमा हुने जनाइएको छ । सभाको क्रममा अन्तरक्रिया तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ । नेपाल चलचित्र कलाकार संघले एक विशेष कार्यक्रमका बीच कटुवाललाई बिदाइ गरेको थियो ।
कमेन्ट गर्नुहोस्









