प्रहलादको ‘थोत्रो रेडियो’ रिलिज (भिडियो)

संगीत । गायक प्रहलाद तिमिल्सेनाले नयाँ गीत ‘थोत्रो रेडियो’ सार्वजनिक गरेका छन् । गत सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उनको एल्बम ‘महक २’ मा समावेश गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । डान्सीङ नम्बरको गीतलाई नरेश वीर सिंहको टिमले तयार गरेका हुन् भने निर्देशन पनि उनकै रहेको छ । गीतमा नरेश नै मोडलको रुपमा फिचर्ड छन् । गीतमा स्वर प्रहलादको हो भने शब्द र संगीत वसन्त सापकोटाले दिएका छन् । गीतमा दीपक सिंहको कोरियोग्राफी , दिनेश वान्तवाको सिनेम्याटोग्राफी र प्रकाश तुलाधरको सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्