फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यतिबेला चर्चामा छ । रामबाबु गुरुङ निर्देशत यस फिल्मको तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड रोमान्टिक गीतमा अहिलेका लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको गायन, संगीत र शब्द छ ।
गीतले दयाहाङ र उपासनाको प्रेमभाव बोल्छ । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गर्ने यो फिल्मलाई निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले फिल्मको कथा तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । सुरेन्द्र पौडेल र निमेष श्रेष्ठले सम्पादन गरेको फिल्मको निर्माता मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।
फिल्ममा दयाहाङ र उपासनासँगै कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । रेनशा वान्तवा राईको फिल्मको गीतमा कोरियोग्राफी छ ।









