सिद्धार्थले छाडे ‘रकस्टार’ निर्देशकको फिल्म

जयहोस् । पछिल्लो समय बलिउडमा आफुलाई सफल बनाउदै आगाडी बढिरहेका एक्टर सिद्धार्थ मलहोत्राले निर्देशक इम्तियाज अलिको फिल्म छाडेकाछन् । केहि समय यता जब वि मेट , लभ आजकल र रकस्टार जस्तो सुपरहिट निर्देशन गरेका इम्तियाजसँग सिद्धार्थले काम गर्ने खबर मिडियामा आइरहेको थियो । तर अब पुष्टि भईसकेको छ कि सिद्धार्थले फिल्मको लागि ‘नो’ भनिसकेका छन् । उनले पछिल्लो भेटघाटको क्रममा इम्तियाजलाई फिल्म गर्न अस्विकार गरेको भारतीय मिडियाले जनाएका छन् । इम्तियाजले अफर गरेको फिल्ममा उनि आर्मी अफिसरको भूमिकामा प्रस्तुत हुनुपर्ने थियो र कथा ननकमर्सियल त्यसैले सिद्धार्थले फिल्म खेल्न स्वीकार गरेनन् । उनि आर्मीको भूमिकामा पछिल्लो फिल्म अय्यारीमा नै देखा परिसकेका छन् । पछिल्लो समय सिद्धार्थ ‘सत्यमेव जयते’ निर्देशक मिलाप जावेरीको फिल्म गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्