असार मसान्तसम्ममा मोफसलमा पनि ‘बक्स अफिस’

फिल्म । पछिल्लो समय चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा केशव भट्टराईको आगमनसँगै गतिविधि बढ्न थालेको छ । सरकारको बजेट भाषणमा फिल्मकर्मीलाई राहत मिल्ने योजना नभएता पनि अध्यक्ष भट्टराई आफ्नो मातहतमा हुन् सक्ने विभिन्न योजना लिएर अगाडी बढेका छन् । उनि यतिबेला बक्स अफिसलाई मोफसलमा लगाउने तयारी गरिरहेका छन् ।

काठमाण्डौ बाहिरका हलमा बक्स अफिस जडान गर्ने दौडमा उनी र उनको टिम लागेको हो । यसको सुरुवात शनिबार प्रदेश नम्बर २ अन्तर्गतको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरबाट सुरु हुँदैछ । शनिवार २ बजे हुने एक कर्यक्रमाका बीच संचार, सूचना तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसको उद्घाटन गर्दैछन् ।

‘काठमाण्डौ बाहिरका धेरै हल पनि बक्स अफिस सर्भरमा जोडिसकेका छन् । हामीले, पछिल्लो समय ८० वटा हललाई हार्डवेयर र सफ्टवेयर अनुदान दिएका छौ ’ अध्यक्ष भट्टराई भन्छन् ‘हामीले हलको अवलोकन पनि गरिरहेका छौ , अब खुल्ने हल अत्याधुनिक सेवा सहितको हुनुपर्छ ।’ उनले असार मसान्तसम्ममा मोफसलका अधिकांस हलमा बक्स अफिस लगाउने बताए । उनका अनुसार, यो सरकारको नीति नै भएकाले बक्स अफिसमा जान्न भनेर हलले भन्ने अवस्था छैन ।

कमेन्ट गर्नुहोस्