करिश्मा भन्छिन् ‘राम्रो गीत किन छाड्ने ?’

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जात्रै जात्रा’ युनिटले पहिलो गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीत ‘माया पिरिम’ मा निश्चल बस्नेत , करिश्मा मानन्धर र सारा सिर्पाइलिसँगै बिपिन कार्की , वर्षा राउत , दयाहाङ राई , रविन्द्र झा , रबिन्द्र सिंह बानिया लगायत फिचर्ड छन् । करिश्मा लामो समयपछी पर्दामा देखिएकी हुन् ।

‘म आफुलाई केहि समय यता मेन्टेन पनि गर्न सकेकी थिइन् त्यसैले पर्दाबाट टाढा थिए’ करिश्माले भनिन् ‘गीत सुनेपछि हिट हुन्छ भन्ने कन्फर्म भए त्यसैले आफु पनि नदेखिने कुरै भएन ।’ उनले गीत र टिम मन परेकोले आफु भिडियोमा देखिन तयार भएको बताइन । साथै उनले फिल्मको कथा अनुसार नै प्रस्तुत हुनेभएपछी झनै खुसि लागेको बताइन ।

‘प्राय फिल्मको गीतमा कलाकार यतिकै आउँनु हुन्छ तर यसमा हामी कथा अनुसार नै आउछौ’ उनले भनिन् ‘फिल्म राम्रो बनेको आभाष गीतले नै गराउछ ।’ उनि पछिल्लो समय आफ्नो सी परिक्षाको तयारीमा समेत छिन् । फिल्मका कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले गीतमा मात्र देखिन तयार सम्पूर्ण कलाकारलाई धन्यवाद दिए । ‘गीतमा एक विवाह समारोहमा सेलिब्रेटीलाई नाच्न बोलाइन्छ यसैले गर्दा उहाहरु देखिनु भएको हो’ उनले गीतलाई प्रस्ट्याउदै भने ‘अघिल्लो पटक पाएको प्रतिक्रियाको आधारमा यसपटक गीत राख्दै पहिला नै सार्वजनिक गरेका हौ ।’

फिल्मका निर्देशक तथा लेखक प्रदीप भट्टराईले आफ्नो प्रस्तावमा सम्पूर्णले समहमती जनाउदा आफुलाई निकै खुसि लागेको बताए । ‘हाम्रो प्रस्तावलाई सबैले सहर्ष नै स्वीकार गर्नु भो निकै खुसि लाग्यो’ उनले सम्पूर्णलाई धन्यवाद दिए । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको गीतमा स्वर छ भने कृष्ण भारद्वाजको संगीत रहेको गीतका रचनाकार लेखु सहयात्री हुन् । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । फिल्मको निर्मातामा सिंगे लामा र योगेश्वर पौडेल रहेका छन् । फिल्म जेठ ३ मा रिलिज हुदैछ ।

Facebook Comments

कमेन्ट गर्नुहोस्