मेनुकाको ‘रङ्ग भित्रको’ सार्वजनिक (भिडियो)

संगीत । गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक भएको छ । केहि समय अगाडी नै सार्वजनिक गरिएको गीत बल्ल सार्वजनिक भएको हो । गीतमा सञ्चारकर्मी दीपेन्द्र घिमिरेको शब्द, एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।

रानीले राजालाई गर्ने प्रेम र उनको प्रेमलाइ राजाले वेवास्ता गर्ने अवस्थालाई गीतमा चित्रण गरिएको छ । यसमा निराजन प्रधान र नीता ढुंगानाको अभिनय रहेको छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । यो भिडियोमा टिमले नै विना पारिश्रमिक काम गरेको थियो । यसमा अनिल के.मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्