नयाँ तीज गीत’लकडाउनले केहि फरक पर्दैन’

संगीत। हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिदै गर्दा लक्षित गीतसंगीत सार्वजानिक हुने क्रम बढ्दो छ । यसैक्रममा नयाँ तिज गीत ‘लकडाउनले केहि फरक पर्दैन’ सार्वजनिक भएको छ । अन्जली अधिकारी ,राजेन्द्र लोहनी ,नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक गीतलाई राम गौतमले निर्दशन गरेका हुन् । गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ ।

राजु परियार र माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने विपिन आचार्यको रहेको छ । राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा रवी कार्कीको कोरियोग्राफी ,दिपेन्द्र बस्नेतको छायांकनसंगै सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्