वैशाखमा ‘आकाशे खेती’

फिल्म । पुराना फिल्मकर्मी उदय सुब्बाको निर्देशनमा तयार फिल्म ‘आकाशे खेती’ आउँदो वर्षको वैशाखमा प्रदर्शन हुने भएको छ । सामाजिक विषयवस्तुमा आधारित फिल्मले उपत्यका वितरक फाइनल गरेसँगै रिलिज डेट घोषणा गरेको हो । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ । फिल्ममा गौरव पहाडी , विल्सन विक्रम राई , रविन्द्र झा , नीता ढुंगाना , बुद्धि तामाङ , शिशिर बांग्देल लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्