गत वर्षका सफल निर्देशकहरु

फिल्म । गत वर्ष २०७६ नेपाली वर्षको लागि अपेक्षित रुपमा सफल हुन् सकेन । किनकी आएका फिल्ममा थोरै फिल्मलाई सम्झन सकिने छन् । साथै , गत वर्ष फिल्मनगरीले केहि आश गरिएका र केहि अनुभवी अनुहारलाई सदाको लागि गुमाए । फिल्मको कुरा गर्ने हो भने गत वर्ष प्रदर्शनमा आएको पहिलो फिल्मले नै निराश बनायो , जसलाई धेरैले आश गरेका थिए । बैशाखको दोस्रो साता हलिउड फिल्म ‘एभेन्जर्स’ लाई छाडेर तेस्रो साता पुगेको ‘दाल भात तरकारी’ बाट धेरै नै आश थियो । तर , त्यो निराशामा बदलियो । फिल्मले ब्राण्डको शाख नै जोगाउन सकेन । तर , केहि फिल्म राम्रा आए , भने केहि व्यसायिक सफल । आउनुस् , तिनै फिल्मका निर्देशकको बारेमा चर्चा गरौ ।

दीपेन्द्र के खनाल

‘पशुपति प्रसाद’ फिल्म निर्देशन गरेर चर्चामा आएका निर्देशक हुन् , दीपेन्द्र के खनाल । डेब्यु फिल्म नै देखिनै केहि फरक गर्ने सोच बोकेका दीपेन्द्र निर्देशित ‘आमा’ ले राम्रो चर्चा पायो । ‘पशुपति प्रसाद’ निर्देशकको फिल्म भन्न सुहायो । उनले पनि आशावादी रहने किसिमको चर्चा गर्दै आएका थिए , जसलाई पर्दामा पनि प्रस्ट्याउन सके । अन्तत फिल्म दर्शकसँगै समीक्षकलाई पनि उत्तिकै मन पर्यो । आमा र छोरीको कथालाई देखाइएको फिल्मलाई दर्शकले राम्रो ‘वर्ड अफ माउथ’ दिए । फिल्म मिथिला शर्मा , सुरक्षा पन्त , सरिता गिरी लगायतमा केन्द्रीत छ । पछिल्लो समय दर्शकले रुचाउन थालेको कन्टेनलाई दीपेन्द्रले राम्रोसँग प्रस्ट्याए । फिल्ममा लेखन , निर्देशनसँगै छायाँकन पनि उनकै रहेको थियो । यो फिल्म मार्फत यस वर्ष उनि प्राय अवार्डका हकदार बन्ने छन् ।

प्रदीप भट्टराई

डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै आश जगाएका निर्देशक हुन् , प्रदीप भट्टराई । सानो बजेट र प्राय नयाँ कलाकार लिएर फिल्म निर्देशन गरेर पनि प्रदीपले कन्टेन मार्फत दर्शकको मन जिते । गत वर्ष उनले जात्राको सिक्वेल ल्याए । फिल्म रिलिज अगाडी पैसा कमाउनकै लागि सिक्वेल आउदैछ भन्ने हल्ला पनि चल्यो । तर , रिलिजपछी उनको फिल्मले सिक्वेलको सार्थकता प्रस्ट्यायो । नेपाली फिल्मनगरीमा प्राय सिक्वेल फिल्मले तारिफ पाउने गर्दैनन् । तर , जात्राको सिक्वेल ‘जात्रै जात्रा’ ले समीक्षक र दर्शक दुवैको मन जित्यो । फिल्ममा नयाँ कुरा नभए पनि सिक्वेललाई निर्देशक भट्टराईले सार्थक रुपमा प्रस्तुत गरे । ‘जात्रा’ हेरेर मुल्यांकन गरिएको निर्देशक भट्टराईको प्रतिभालाई बढाउन सफल भए । जात्राबाट सुखद उदय गरेका प्रदीपले दोस्रो फिल्म ‘शत्रु गते’ मा भने बक्स अफिसमा आफुलाई उम्दा प्रमाणित गरे । तेस्रो फिल्म ‘जात्रै जात्रा’ सम्म आइपुग्दा उनले कन्टेनलाई कमर्सियल रुपमा प्रस्तुत गरे । सफल फिल्ममा ‘ह्याट्रिक’ गरेका भट्टराई पछिल्लो समय खोजिने निर्देशकको लिस्टमा अग्रपंक्तिमा छन् ।

दीपेन्द्र लामा

समीक्षक हुँदै फिल्म लेखनसँगै निर्देशनमा आएका दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै’ गत वर्ष प्रदर्शनमा आयो । दसैँपछी प्रदर्शनमा आएको फिल्मले दर्शकको मन जित्दै बक्स अफिसमा राम्रो कलेक्सन गर्यो । प्राय कमेडीमा मात्र फोकस हुने दीपक राज गिरी र दीपाश्री निरौला समुह भन्दा बाहिर मात्र आएनन् , दीपेन्द्रको निर्देशनमा काम पनि गरे । पछिल्लो फिल्म ‘छक्का पञ्जा ३’ मा कन्टेन पस्किएका यो समुहले यस पटक पनि ‘कमेडीसँगै कन्टेन’ लाई फोकस गरे । नेपालमा ठुलो दर्शक समुहको विश्वास जितेका दीपक-दीपाको समुह कमेडीसँगै कन्टेनमा पनि सिरियस हुनुलाई समीक्षकले पनि आशावादी रुपमा हेरे । दीपेन्द्रले फिल्ममा गाउँमा हुने राजनीति र पानीको समस्यालाई देखाएका थिए । गाउँ घुम्ने क्रममा आफुले भेटेको कन्सेप्टलाई फिल्म बनाउन सकिने भन्दै दीपेन्द्रले दीपक-दीपा समुहलाई सुनाएका थिए । दीपेन्द्र यो वर्ष पनि वन्यजन्तु शिकारीको कथामा ‘२ नम्बरी’ नामक फिल्म ल्याउदै छन् ।

कमेन्ट गर्नुहोस्