सामाजिक सञ्जालमा दुइ ‘वर्षा’ को कुरा

फिल्म । पछिल्लो समय दुइ वर्षाको चर्चा बढ्दो छ । ति हुन् वर्ष सिवाकोटी र वर्ष राउत । नाइँ नभन्नु ल सिरिज मार्फत यस क्षेत्रमा उदाएका दुइ एक्ट्रेसको नाम मिल्नुकै कारण पनि प्रतिष्पर्धा रहेको खबर बेलाबखतमा मिडियामा आइरहेको छ । यी दुइको नयाँ फिल्म ‘बीर विक्रम २’ र ‘जात्रै जात्रा’ दुवै एकसाथ नै आउँदो शुक्रबारबाट प्रदर्शनमा आउंदैछ । यसै कारण पनि पछिल्लो सम यी दुइको चर्चा बढी स्वभिक नै हो । प्रमोसनको क्रममा एकअर्काको नाममा प्रतिष्पर्धा रहेको गसिप बेला बखतमा आउने गरेको नै छ ।

यस्तै क्रम बढ्दै गएपछि वर्षा सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेकी छिन । उनले लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्विकार गर्न सकेनौ अरे । हामी प्रतिस्पर्धी पक्कै हौला, एकै क्षेत्रमा काम गरिरहेका छौ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुतेपछि खुट्टम लाग्नु स्वभाविक नै हो नी होइन र ?’ उनले आफूहरु एकै फिल्डमा रहेको भन्दै दुबै जनाको भोगाई एउटै भएको समेत उल्लेख गरेकी छिन् ।

बर्षाले एकैदिनमा आफूहरुको भिडन्त नभई हलमा एकसाथ आउन लागेको समेत लेखेकी छिन् । यस स्टाटसमा नायिका बर्षा राउतको जवाफ समेत आएको छ । बर्षा राउत लेख्छिन्–‘त्यही त है, हामीलाई थाहा नै नपाई एक अर्काको दुश्नको बिल्ला भिराएछन् । फूलको आखामा फूलै संसार । मेरो केही भन्नु नै छैन ।’ उनले ‘विर विक्रम २’का लागि शुभकामना समेत दिएकी छिन् । फेसबुक मार्फत यी दुइले आफुहरु बीचमा कुनै पनि मनमुटाव नरहेको प्रस्ट्याइ सकेका छन् । नायिका सिवाकोटीको यो कदमको प्रसंसा फ्यानले मात्र होइन फिल्मकर्मीले पनि गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्