फिल्ममा पल र मलिकाको जोडी

0 Shares

फिल्म । पछिल्लो समयको चर्चित गीत ‘फुल बुट्ट साडी’ मा पहिलोपटक सँगै देखिएको जोडी पल शाह र मलिका महत अब फिल्ममा पनि देखिने भएका छन् । यी दुइले अभिनय गरेको दुइ दोस्रो भिडियो टाढा भएपनिलाई दर्शकहरु मार्फत उत्तिकै माया प्राप्त भएपछी यतिबेला फिल्ममा कास्ट गर्ने तयारी बढेको छ । ‘पिएम जोडी’ को उपनाम दर्शकहरु मार्फत समेत पाएका पल र मलिकाले केन्द्र मोसन पिक्चर्सकै फिल्ममा अभिनय गर्ने तयारी गरिरहेका छन् ।

फिल्मको स्क्रिप्टको काम कलाकार तथा निर्देशक माओत्से गुरुङले गरिरहेका छन् । उनले नै फिल्मको निर्देशन समेत गर्न सक्नेछन् , यद्दपी यो विषय टुङ्गो लागेको छैन । अबको ६ महिनाभित्र स्क्रिप्टलाई ‘लक’ गरेर छायांकनमा निस्कने तयारीमा निर्माण टिम छ । दर्शकको लागि फ्रेस जोडी रहेको पल र मलिकालाई फिल्ममा हेर्न चाहना पछिल्लो समय बढ्दो रहेको अनुमान प्राप्त अनलाइन प्रतिक्रियाले सहजै लगाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्