मलिकाको कन्सर्ट ‘डुली डुली’ (भिडियो)

322 Shares

फिल्म । चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डुली डुली’ गीतमा मेलिना राईको स्वर रहेको छ । गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ भने यसलाई प्रतिकले कोविद बज्रसंग मिलेर कम्पोज गरेका हुन् । गीतलाई डेब्यु गर्ल मलिका महतमा केन्द्रित गरिएको छ । गाउकी तपस्या सहर आइसकेपछि हुने कन्सर्टमा गीत केन्द्रित छ । गीतमा मलिका ब्लाइन्ड छिन् । गीतमा फिल्मका अन्य कलाकारहरु सलिनमान बनिया , जान्वी बस्नेत , रेअर राई , विशाल कटवाल , प्रेक्षा बज्राचार्य लगायत पनि देखिएका छन् ।

डेब्यु फिल्म मार्फत स्ट्याईलिस स्टारको ट्याग पाएका सलिनमान पछिल्लो समय फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ का कारण चर्चामा छन् । डेब्यु फिल्म मार्फत नै एक किसिमको फ्यान फ्लोअर्स पाएका सलिनले दोस्रो फिल्ममा भ्लगरको भूमिका निर्वाह गरेका छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

कमेन्ट गर्नुहोस्