तास सिक्दै अनमोल

फिल्म । अभिनेता अनमोल केसी पछिल्लो समय तास सिकिरहेका छन् । तर उनको यो सिकाइ र तयारी आउँदो दसैँलाई नभई आउँदो फिल्म ‘धुपौरे’ को लागि हो । फिल्ममा उनको क्यारेक्टर तासखेलसंग नजिक हुनेछ । अर्थात् धुपौरे भनेको नै तास खेलको पछाडी बसेर आफ्नो चाल चल्ने व्यक्ति हो । अनमोललाइ च्यालेन्ज मन परेकोले उनि फिल्ममा रहेको निर्देशक साम्तेन भुटियाले बताए ।

‘हामीले भनेको भूमिकामा अनमोलले च्यालेन्ज लिनु भयो , त्यसैले उहासंग टिमअप भयो’ साम्तेन भन्छन् ,’फिल्ममा दर्शकले अनमोल पनि देख्नु हुन्छ भने केहि च्यालेन्ज पनि छ ।’ पछिल्लो समय अनमोल फिल्मको वर्कशपमा व्यस्त छन् । राम्रो पारिश्रमिकमा अनुबन्ध भएका अनमोलले अहिलेसम्मकै उच्च पारिश्रमिक लिएको चर्चा छ । फिल्मको छायाँकन काठमाण्डू बाहिर आउँदो मङ्सिर २० बाट गर्ने तयारी निर्माण पक्षको रहेको छ । डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा जयन श्रेष्ठ निर्माता रहेका छन् भने रुपेन्द्र खड्गी प्रस्तुतकर्ता । जेएस इन्टरटेनमेन्ट र फिल्म नेपालको संयुक्त व्यानरमा फिल्म निर्माण हुनेछ ।

कमेन्ट गर्नुहोस्