पलको चलाखी, विवाह छल्न मुस्ताङ

गसिप । ‘कसरी हेरूँ खै, मन परेको मान्छेलाई अर्कैले सिन्दूर हालेको’– यो गीत यतिबेला पल शाहको जीवनमा बराबर कसकोमा लागू भएको होला ? आफ्नी प्रेमिकालाई अर्कैले सिन्दूर हालेको बिचरा पलले कसरी हेर्न सक्थे। त्यसैले जतिबेला काठमाडौँमा आँचल शर्माको विवाह र पार्टीको धुमधाम चलिरहेको थियो, त्यतिबेला पल भने सुटुक्क मुस्ताङको मुक्तिनाथ पुगेका छन्। पल शाह र आँचल जोडाजोडी थिए। एउटै फिल्मबाट एकसाथ डेब्यू गरेका उनीहरूको जुगलबन्दी रिलसँगै रियलमा पनि सुरु भयो। दुवैले ५० हाराहारी म्युजिक भिडियोमै काम गरेका छन्। तर, एक वर्षयता अचानक आँचलको जीवनमा उदिप श्रेष्ठको इन्ट्री भयो।

पलसँग आँचलको छुट्टानाम भएको गाइँगुइँ चल्यो। तर, जसरी उनीहरूले आफूहरूको प्रेम सकारेका थिएनन्, त्यसरी नै सम्बन्ध बिग्रिएको कुरा पनि सकारेनन्। यति भएपछि धेरैलाई उत्सुकता थियो, आँचलले पललाई विवाह समारोहमा निम्त्याउँछिन् कि निम्त्याउन्न ? अनि, पल आँचललाई वैवाहिक जीवनको शुभकामना दिन जान्छन् कि जान्नन् ? तर, पलले काठमाडौँ नै छाडेर यो उत्सुकताको बिट मारेका छन्। मन परेको मान्छेलाई अर्कैले सिन्दूर हालेको कसरी पो हेर्नु, हैन त पल ब्रो ! (सम्पूर्ण साप्ताहिकबाट)

कमेन्ट गर्नुहोस्