सिद्धु आउट

टिभी । केहि दिन अगाडी मात्र जम्मु कश्मीर स्थित पुलवामा भएको आतंकवादी हमलालाई लिएर विवादास्पद अभिव्यक्ति दिएको भन्दै नवजोत सिंह सिद्धूलाई शो ‘द कपिल शर्मा शो’ बाट हटाइएको छ । उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछी उनलाई शोबाट हटाइएको हो । भारतीय मिडियाले यस खबरलाई पुष्टि गरेकाछन् । साथै उनको स्थानमा अब अर्चना पूरण सिंह देखिने समेत खबर बाहिरीसकेको छ । सिद्धुले मिडियासँग कुरा गर्ने क्रममा उक्त घटनाको लागि देशलाइ नभई गलत नियत भएका व्यक्तिलाई मात्र दोशो ठहराउने पर्ने बताएका थिए ।

‘घटना व्यक्ति गरेका हुन् , उनलाई कारवाही गर्नुपर्छ’ उनले कुराकानीको क्रममा भने ‘आतंकवादीको कुनै देश र धर्म हुदैन , त्यसैले उनिहरुको कुनै देशको होइनन् ।’ साथै , उनले घटनाको लागि पाकिस्तानलाई दोषी ठहराउन नमिल्ने समेत बताए । उनको यो भनाइको विरोध भएपछी उनले कपिलको शो छाड्नु परेको हो । यसअगाडी पनि उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सपथ ग्रहणमा उपस्थित हुदा विभिन्न विरोधको सामना गर्नु परेको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्