फिल्म । द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसद्वारा सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९२औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिएको छ । अवार्डमा साउथ कोरियन फिल्म प्यारासाइटले वर्चश्व जमाएको छ । आइतबार सम्पन्न समारोहमा प्यारासाइटले सर्वोत्कृष्ट फिल्म, निर्देशक, ओर्जिनल पटकथा र अन्तर्राष्ट्रिय फिचर सिनेमासहित सर्वाधिक चार विधाका अवार्ड कब्जा गर्यो ।
यस्तै सर्वोत्कृष्ट साउण्ड मिक्सिङ, भिज्युअल एफेक्ट्स र सिनेम्याटोग्राफीको तीन विधामा १९१७ले अवार्ड जित्यो । सर्वाधिक ११ विधामा मनोनित जोकरले भने सर्वोत्कृष्ट अभिनेता र ओर्जिनल स्कोरसहित दुई विधाको मात्र अवार्ड जित्न सफल भयो । जोकरलाई ओस्कारमा सर्वाधिक अवार्ड जित्नसक्ने फिल्मको रुपमा हेरिएको थियो । यस्तै समान दुई विधामै फोर्ड भर्सेस फरारी र वन्स अपन अ टाइम इन हलिउडले पनि अवार्ड जिते । फोर्ड भर्सेस फरारीले सर्वोत्कृष्ट ध्वनि सम्पादन र सिनेमा सम्पादनको अवार्ड जित्दा वन्स अपन अ टाइम इन हलिउडले सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन र सह-अभिनेताको अवार्ड आफ्नो पोल्टामा पार्न सफल भयो ।
विजेताहरुको सुची
Motion Picture Parasite (Neon), Kwak Sin-ae and Bong Joon Ho, producers (WINNER)
Director Bong Joon Ho, Parasite (WINNER)
Actress Renée Zellweger, Judy (WINNER)
Actor Joaquin Phoenix, Joker (WINNER)
Actress in a Supporting Role Laura Dern, Marriage Story (WINNER)
Actor in a Supporting Role Brad Pitt, Once Upon a Time in Hollywood (WINNER)
Original Screenplay Parasite, Bong Joon Ho and Han Jin-won (WINNER)
Adapted Screenplay Jojo Rabbit, Taika Waititi (WINNER)
Cinematography 1917, Roger Deakins (WINNER)
International Feature Parasite (South Korea) (WINNER)
Film Editing Ford v Ferrari, Andrew Buckland and Michael McCusker (WINNER)
Production Design Once Upon a Time in Hollywood, production design: Barbara Ling; set decoration: Nancy Haigh (WINNER)












