फिल्म । वर्षको सुरुआतसँगै ब्लकबष्टर फिल्म ‘जारी’ को सिक्वेल घोषणा गरिएको छ । यसको फस्टलुक्स सार्वजनिक गर्दै निर्देशक उपेन्द्र सुब्बाले सिक्वेल बन्ने पक्का गरे । उनले पहिलो फिल्म सकिएकै कथालाई निरन्तरता दिने बताए ।
उनले भने,‘जारी सकिएको सातवर्षपछिको टाइमफ्रेमको कथालाई तयार गरिएको छ । यो नामको मात्र नभई कथाकै निरन्तरता हो ।’ फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरसँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता राईलाई च्याब्रुङ बजाउँदै गरेको प्रस्तुत गरिएको छ । वैशाख तेस्रो साताबाट फ्लोरमा जाने फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने छ । पाँचथरको विभिन्न रमणीय दृश्यमा छायांकन गर्ने फिल्मका निर्माता रामबाबु गुरुङ हुन् ।











