अक्षय र रोहितको ‘सूर्यवंशी’ अप्रिलबाट सुरु हुने

फिल्म । पछिल्लो समय निर्देशक रोहित शेट्टी ‘सिम्बा’ को कारण चर्चामा छन् । फिल्मको ट्रेलर र गीतसंगीत सार्वजनिक भएसँगै यसको चर्चा बढ्दो छ । फिल्मको प्रिमियर भइसकेपछी यसको चर्चा सेलिब्रेटीले पनि गरिरहेका छन् । यस फिल्ममा अजय देवगन , अक्षय कुमार र अनिल कपुरलाई दर्शकले पाउनेछन् । निर्देशक रोहितले यी तिनै स्टारलाई धमाकेदार इन्ट्री गराएका छन् । फिल्मको नाम सूर्यवंशी राखिएको छ । ‘सिम्बा’ मा अक्षय इन्स्पेक्टर सूर्यवंशीको अवतारमा प्रस्तुत हुदैछन ।

यसबाट पनि अक्षय र रोहितको नयाँ फिल्मो टिमअपलाई सहजै अनुमान लगाउन सकिन्छ । रोहितले अक्षयसँग काम गर्दैछन , यसैले गर्दा उनले यसै फिल्म मार्फत अक्षयलाई चिनाएका छन् । पछिल्लो समय अक्षय सोसल ड्रामाका फिल्ममा आइरहेका छन् , यसैले गर्दा पनि सिम्बा खिलाडी एक्टर अक्षयको फ्यानका लागि ‘सूर्यवंशी’ को टिजर हुन्सक्छ । अक्षयले रोहितसंग आउदो वर्ष सन् २०१९ को अप्रिलबाट एक्सन इन्टरटेनमेन्ट फिल्म ‘सूर्यवंशी’ को शुटिङ सुरु गर्नेछन ।

कमेन्ट गर्नुहोस्