फिल्म । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्दै छ । विस्तारै सामान्य बन्दै गईरहेको जनजीवन पुनः त्रसित बन्न थालेको छ । लकडाउन हुन् सक्ने आशंका बढ्दै जाँदा भ्याक्सिन लगाउने चेतना पनि बढ्न थालेको छ । यसैक्रममा बलिउडका स्टार अभिनेता सलमान खानले भ्याक्सिनको पहिलो डोज लिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत नै यसबारे जानकारी दिएका छन् ।
उनले कोभीशिल्डको पहिलो डोज लीलावती अस्पतालमा लिएका हुन् । उनि मात्र होइन बलिउडका अन्य अभिनेताहरुले पनि भ्याक्सिनको विश्वसनीयता बढाउन सचेतना समेत बढाईरहेका छन् । हालै बलिउड अभिनेता आमिर खानमा कोरोना भाइरसको संक्रमण देखिएपछी बलिउडकर्मी पनि पुनः टेस्ट र भ्याक्सिन बारे गम्भीर बनिरहेका छन् ।
Took my first dose of vaccine today….
— Salman Khan (@BeingSalmanKhan) March 24, 2021
कमेन्ट गर्नुहोस्










