गसिप । बेलाबखतमा सन् २०१८ कि मिस नेपाल शृंखला खतिवडाको राम्रै चर्चा हुने गर्छ । उनको सुन्दरताको नै कारण हुन् सक्छ , उनि निकै चर्चामा आइन । उनि चर्चामा आएसँगै उनको प्रेमको चर्चा पनि भयो । भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो । शृंखला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । यसपछि, यी दुइको प्रेम चर्चा सुरु भएको थियो । तर, दुवैले आफ्नो प्रेम स्विकार गरेका थिएनन् । बेलाबखतमा यी दुइको प्रेमको खबर सार्वजनिक भएपनि यी दुई मौन नै थिए ।
यद्दपी भ्यालेन्टाइन डेमा सार्वजनिक भएको शृंखलाको भिडियोले फेरी प्रेमलाई चर्चामा ल्याएको छ । शृंखलाले सार्वजनिक गरेको भिडियोमा सिसन पनि छन् , जसले गर्दा यी दुइ चर्चामा आएका छन् । ‘सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ’ लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा शृंखलाले यस्तो भनेकी छिन् । यो भिडियोको पछाडि सिसन मुस्कुराएका छन् । यसपछि शृंखलाले सिसनको प्रेम स्वीकार गरेको संकेत भिडियो मार्फत गरेको चर्चा सुरु भएको हो ।










