‘प्रसाद’ का नयाँ गायक बिक्रम

फिल्म । पछिल्लो समय रियालिटी गायन शो नेपाल आइडलको सिजन २ बाट चर्चामा रहेका प्रतियोगी मध्य एक हुन् , बिक्रम बराल । अडिसन राउण्डबाट नै आफ्नो गायकी कै कारण चर्चामा रहेका बिक्रमलाई फिल्म ‘प्रसाद’ युनिटले प्लेब्याक सिङ्गर बनाएको छ । मङ्सिर २१ मा रिलिज फिल्मको लागि एक गीत आवश्यक परेपछि निर्माण युनिट गायकको रुपमा बिक्रमलाई अवसर दिएको हो ।

गत विहिवार काठमाण्डौको नक्साल स्थित अकेस्टिक रेकर्डिङ स्टुडियोमा उनले गीत रेकर्ड गराएका हुन् । सुवास भुषालको शब्द र संगीत रहेको गीतलाई निर्माण पक्षले यसलाई ब्याकग्राउण्ड स्कोरको रुपमा समेत प्रयोग गर्नेछ । ‘फिल्मको कथा अनुसार भाव ब्यक्त गर्न एउटा गीत चाहिएको थियो , जसलाई हामीले बिक्रमको स्वरमा रेकर्ड गराएका हौ’ निर्देशक दिनेश राउतले बताए ।

गीतसंगीतको समेत राम्रो ज्ञान रहेका निर्देशक राउतले यसगीत मार्फत फिल्मले पूर्णता पाएको बताए । सुशील पौडेलको लेखन रहेको फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ र विपिन कार्कीको अभिनय रहेको छ । नि: स्तान दम्पतिको कथा देखाइने फिल्मलाई सुभाष थापाले निर्माण गरेका हुन् भने यसलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्