दीपकले रोजे दिपेन्द्र

फिल्म । पछिल्लो समय दीपकराज गिरीको टिम र रोहित अधिकारीले निर्माण गर्ने भनिएको फिल्मको चर्चा बढ्दो छ । यी दुईको सहकार्य भनीए देखि नै चर्चामा रहेको अनटाइटल प्रोजेक्टमा निर्देशकको रुपमा दिपेन्द्र लामा भित्रिएका छन् । क्रिटिक्सको रुपमा आफुलाई परिचित गराएका दिपेन्द्र निर्देशित घामपानी प्रदर्शन भईसक्यो भने गोपी आउदो माघ १८ मा प्रदर्शन हुदैछ । आफ्नो निर्देशकीय क्षमताबाट फिल्मकर्मी तथा दर्शकको मन जितेकैले पनि दिपेन्द्रले दीपकको टिममा इन्ट्री पाएका हुन् ।

दीपकले आफ्नो फेसबुकमा स्टाटस राख्दै दिपेन्द्र निर्देशकमा तय भएको जनाएका हुन् । तर उनले अन्य कलाकार तथा प्राविधिक चयनको क्रममा रहेको जनाएका छन् । निर्देशक दिपेन्द्रले पनि यसलाई अवसर र चुनौतीको रुपमा लिएका छन् । ‘आधिकारिक रुपमा साइन भएको छैन तर कन्सेप्टमा छलफल भएर स्क्रिप्टको काम भईरहेको छ’ निर्देशक लामा भन्छन ‘दीपकजी जोडिने वितिकै दर्शकसँगै फिल्मकर्मीको अपेक्षा बढ्ने गर्छ त्यसैले यसलाई मैले अवसर र चुनौतीको रुपमा लिएको छु ।’

दीपकले मुनाफाको ५० प्रतिशत लिने शर्तमा रोहितसँग उक्त फिल्ममा सहकार्य गर्न तयार भएका हुन् । अर्थात् यो फिल्म बक्सअफिसमा हिट भएको खण्डमा उनले नाफाको ५० प्रतिशत लैजानेछन् । तर, फिल्ममा उनले न पारिश्रमिक लिनेछन् न त लगानी नै गर्नेछन् ।

कमेन्ट गर्नुहोस्