‘दाल भात तरकारी’ सेटमा निरुताको प्रसंसा

फिल्म । निरुता सिंह नेपाली फिल्मको लागि परिचित नाम हो । तर उनि केहि समय हराइन । मुम्बई बसोबास गर्न थालेपछि निरुतालाई नेपाली फिल्ममा कम देखि थालियो । फलत: उनि विस्तारै हराइन । तर यतिबेला उनि फेरी फिल्मनगरीमा ब्याक भएकी छिन । उनले नाइँ न भन्नु ल ५ मा केमियो गरिन । उनलाई दर्शकले देखे तर तिर्सना मेटिएन ।

यतिबेला निरुता छायाँकनरत फिल्म ‘दाल भात तरकारी’ मा दर्शककै डिमाण्ड अनुसार प्रस्तुत हुदैछिन । अर्थात् उनललाई फिल्ममा फस्ट टु लास्ट नै देख्न पाइनेछ । फिल्ममा उनि वरिष्ठ कलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छिन् । ‘मलाइ दर्शकले कहिले फिल्ममा आउने भनेर धेरै नै म्यासेज गरिरहनु हुन्थ्यो तर म सहि समयको पर्खाइमा थिए’ भेटघाटको क्रममा निरुताले भनिन् ‘टिम राम्रो पाए र काम गरिरहेकी छु , मेरो निरन्तरता दर्शकको मायामा भरपर्छ ।’ उनि यसपछि बिकाश आचार्यको निर्देशनमा तयार हुने फिल्म ‘हजार जुनीसम्म’ मा अभिनय गर्दैछिन् तर उनि मह सञ्चारको ब्यानरबाट ‘कमब्याक’ हुदैछिन् ।

यतिबेला सेटमा उनो तारिफ सबैले गर्छन । ‘निरुता बहिनिको काम निकै राम्रो छ’ अभिनेतासँगै फिल्मका प्रस्तुतकर्ता समेत रहेका किरण केसीले भने ‘उँहालाई जे सोचेर लिएका छौ , त्यो भन्दा राम्रो काम गर्नु भएको छ ।’ किरणले निरुता अब ब्याक भईसकेकोले उनको निरन्तरता रहने विश्वास व्यक्त गरे । यसैगरी हरिवंश पनि उनको काम देखि खुसि छन् । ‘हाम्रो अनस्क्रिन जोडी सुहाएको प्रतिक्रिया पाइरहेको छु’ उनले भने ‘निरुता बहिनि काम मात्र राम्रो होइन मान्छे नै असल छिन ।’ उनले फिल्मको काम ४० प्रतिशत सकिएको बताए ।

फिल्ममा हरिवंश , निरुता र किरणसँगै शिवहरी पौडेल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , पुष्प खड्का, आँचल शर्मा , बसुन्धरा भुषाल लगायतको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्की आइटम गीतमा छिन । यसै गरि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ पनि हुनहुन्छ । हरिवंशकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरिरहेका छन् । मह स्टुडियोमा छायाँकन भईरहेको फिल्मलाई दर्शकले आउदो वर्षको बैशाख १३ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्