‘प्रविधि रहेसम्म हामी रहन्छौ’ हरिवंश आचार्य

फिल्म । अभिनेता हरिवंश आचार्यले आफुहरुलाई पुस्तान्तरण गर्नमा प्रविधिले ठुलो भूमिका खेलेको बताएका छन् । उनले राजधानीमा आफ्नै फिल्म ‘दाल भात तरकारी’ को गीत सार्वजनिक कार्यक्रममा सोसल मिडिया , युट्युब , गुगल जस्ता प्रविधिद्वारा बिकसित मिडियाले नयाँ पुस्ता माँझ परिचित गराएको बताए । ‘हामीलाई पुस्तान्तरण गर्ने गुगल , युट्युब र सोसल मिडियाले सदैव जीवित राख्छन् , हाम्रो भौतिक शरिर नभए पनि हामी उनीहरुले खोजेको बेलासँगै हुन्छौ’ उनले प्रविधिलाई धन्यवाद दिदै भने ‘हाम्रो हिजोको शृजना आजसम्म पुगेको छ खुसि लाग्छ ।’ साथै उनले पछिल्लो समय दर्शकले रुचाइरहेको फिल्मको ट्रेण्डमा पनि आफ्ना दशक पहिले निर्मित सिरियल रहेको भन्दै खुसि व्यक्त गरे ।

‘हामीले सुरुवाती दिनमा बनाएका सिरियल त फिल्म नै रहेछन्’ हरिवंशले भने ‘दर्शकको टेस्ट अनुसार निर्माण गरेका कारण त्यहि समयमा माया पायौ यतिबेला त्यसलाई फिल्ममा पनि रुचाइदैछ ।’ उनको अघिल्लो फिल्म ‘शत्रु गते’ धेरै समय अगाडी बनिसकेको टेलिफिल्म ‘पन्ध्र गते’ बाट नै प्रभावित थियो । उनको लेखनमा तयार भएको फिल्म ‘दाल भात तरकारी’ आउदो बैशाख १३ मा प्रदर्शन हुदैछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ , किरण केसी , शिवहरी पौडेल , राजाराम पौडेल , आँचल शर्मा , निरुता सिंह , पुष्प खड्का , शिशिर बांग्देल , बसुन्धरा भुषाल लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत किरणका पुत्र सुदन केसी फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।

कमेन्ट गर्नुहोस्