फिल्म । अभिनेता निखिल उप्रेती पछिल्लो समय ‘समबोधी’ नामक कार्यक्रममा जुटेका छन् । बेलाबखतमा अध्यात्मिक कुरा गर्ने गरेका निखिलले पछिल्लो समय कार्यक्रम मार्फत नै आफ्नो अनुभव र जीवन दर्शन साट्न थालेका छन् । केहि समय अगाडी बुटवल र पोखरामा कार्यक्रम गरेका निखिलले आफ्नो स्वरूप पनि त्यहिँ अनुसार तयार पारेका छन् । एक्सन स्टारको उपनाम नेपाली दर्शकहरु मार्फत पाएका निखिलको लामो दाह्री पछिल्लो समय धेरैले नोटिस गरेका छन् ।
‘धेरैले जिज्ञाषा राख्नु हुन्छ । यो पालेको एक वर्ष पुग्न लागेको छ’ निखिलले भने । उनले नेपालमा कोरोना भाइरसको कारण लकडाउन सुरु भएपछी आफुले दाह्री नकाटेको बताए । ‘सुन्दरता मनमा हुन्छ र भित्री सुन्दरता नै मानवमा हुनु जरुरि छ’ उनले भने । त्यसो त फिल्मको लागि अन्य कुनै क्यारेक्टरको तयारी नगर्नु पर्ने भएकोले पनि उनले आफुलाई त्यहिँ स्वरूपमा राखेका छन् ।
‘लकडाउनले गर्दा सबै घरमा भएपछी मैले पनि आफ्नो स्वरूपलाई परिवर्तन गरे । आफुले आफुलाई बुझ्न थालेको छु , विस्तारै’ निखिलले भने ।










