फिल्म । यतिबेला हलिउडको लोकप्रिय फिल्म एभेन्जर्सको नयाँ सिरिज ‘इण्ड गेम’ ले विश्व्यापी रुपमा निकै राम्रो कलेक्सन गरिसकेको छ । फिल्मले समिक्षा पनि राम्रो नै प्राप्त गरिरहेको छ । फिल्मको अन्तिम सिरिज भनिएकोले पनि फ्यानले यसलाई हेर्न तत्परता देखाएका छन् । लगभग १९ बढी सुपरहिरो देखिएको फिल्ममा फिल्ममा रोबर्ट डाउनी जुनियर , क्रिस इवान्स , क्रिस ह्याम्सवर्थ , मार्क रुफ्यालो , एस्कार्लेट जोन्सन , क्रिस प्राट , जोश ब्रोलिन , टम होलाण्ड , बेन्डिक्ट लगायतको अभिनय रहेको छ ।
फिल्मलाई एन्थोनी र जो रस्सोले निर्देशन गरेका हुन् । मार्भल स्टुडियोको निर्माण रहेको फिल्मको अन्य नै भएको हो त ? भन्ने प्रश्न उठिरहेको छ भने फ्याने एभेन्जर्सको नयाँ सिरिज हेर्ने मांग गरिरहेका छन् । यसै बीच एक अन्तर्वाताको क्रममा मार्भल स्टुडियोका अध्यक्ष केविन फीजले दर्शकलाई निराश नबनाउने र सुपरहिरोहरुलाई एकसाथ देखाउने बताए । ‘हामीले दर्शकका लागि सुपरहिरोहरुलाई एकसाथ ल्याउन पनि सक्छौ’ उनले भने ‘हामि केहि नयाँ तयारी पनि गर्दैछौ ।’
फीजको अन्तर्वाताले एभेन्जर्सको नयाँ सिरिज प्रिक्वेलको रुपमा आउँन सक्ने सम्भावना देखाएको छ भने सुपरहिरोलाई लिएर नयाँ नाममा फिल्म पनि बनाउन सक्ने सम्भावना छ । अब हेरौ आगामी दिनमा मार्भल स्टुडियोले कसरि आफुलाई अगाडी बढाउछ । एभेन्जर्सको ‘इण्ड गेम’को बजेट भने ४ सय मिलियन अमेरिकी डलर रहेको छ । यसलाई सन् २०११ मा रिलिज भएको फिल्म पाइरेट्स अफ दि क्यारेबियन : अन स्ट्रेन्जर टाइड्स पछिको महँगो फिल्म पनि भनिएको छ ।
(एजेन्सी)









