मलेसियामा यसरि हुँदैछ ‘धुर्मुस–सुन्तली साँझ’

विदेश । केहि दिन अगाडी मात्र घोषणा गरिएको अभियानलाई लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले स्थानीयको मन जितेका छन् । नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगतै पहिलो प्रस्तुतिको लागि मलेसिया पुगेका सिताराम कट्टेल र कुन्जना घिमिरेको भव्य स्वागत भएको छ । यी दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणार्थ मलेसियाको तिन शारमा ‘सिटी एक्सप्रेस : धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भईसकेको छ । उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर साथ् दिएका छन् । यी दुईसँगै लोक गायक बद्रि पंगेनी , गतिकै मेलिना राइ , लोक गायिका सम्झना भण्डारी लगायत पनि टुरमा छन् । क्वालालम्पुर र पेनाङ पश्चात फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ । झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ् पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेकाछन् ।

कमेन्ट गर्नुहोस्