निर्मात्री केसीलाई सम्मान

विदेश । आइतबार साँझ थाइल्याण्डको पतायामा सम्पन्न ‘अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डस् –२०१८’ मा निर्मात्री रोशनी केसी सम्मानित भएकी छिन् । निर्मात्री केसीलाई सामाजिक कला सम्मान अन्तर्गतको सामाजिक सेवा सम्मान प्रदान गरिएको हो । अभिनय तथा फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई दर्शक तथा आम नगरिकमा सकारात्मक संदेश प्रवाह गरेको भन्दै निर्मात्री केसीलाई सम्मान गरिएको हो । उनको पहिलो निर्माण फिल्म ‘डाक्टर खाते’ रहेको थियो , जसमा सडक बालबालिकाको समस्या र समाधानलाई समेटिएको थियो । ‘फिल्म मार्फत मैले संदेश पनि दिन खोजेकी थिए , जसले आज सार्थकता पायो’ निर्मात्री केसी भन्छिन् ‘यो अवार्डले मलाइ भन्दा पनि म जस्तै कार्य गर्न चाहनेलाई हौसला मिलन सक्छ ।’ फिल्मले मनोरंजनसँगै संदेश पनि दिनु पर्ने ठम्याई उनको छ ।

उनि निर्मित दोस्रो फिल्म ‘जानी नजानी’ कमर्सियल भएपनि कहिँ कतै युवालाई राष्ट्रियता बोध गराउने संदेश रहेको समेत उनले प्रस्ट्याईन । नेपाली फिल्म, गीत–संगीत, साहित्य, रंगमञ्च तथा सामाजिक लगायत विभिन्न विधाका प्रतिष्ठित पुराना एवं नयाँ व्यक्तित्वहरुलाई सम्मान एवं पुरस्कृत गर्ने उद्देश्यले यस किसिमको अवार्ड आयोजना गरिएको आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । ‘ नयाँ पुरानालाई सम्मानित एवं पुरस्कृत गर्न बार्षिक मुल्यांकन नभएर योगदानका आधारमा पुराना व्यक्तित्वहरुको सम्मानार्थ एवं नयाँ व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गरिनेछ’ अध्यक्ष प्रिय भन्छन् ‘यसकिसिमको अवार्ड्सले नेपाली फिल्मको प्रवर्धनमा पनि कहिँ कतै टेवा पुर्याईरहेको हुन्छ ।’अवार्ड अन्तराष्ट्रिय भूमिमा हरेक वर्ष आयोजना गर्ने लक्ष्य राखिएको छ । अवार्डको उद्देश्य अनुरुपका व्यक्तित्वहरुलाई एक निर्णायक समितिबाट छानेर अन्तराष्ट्रिय भूमिमा सम्मान–पुरस्कार प्रदान गरिनेछ ।

अवार्डमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ गायिका देविका बन्दना, निर्मल शर्मा, योगेश घिमिरे, दिपाशा विसी, माधल निर्दोश, सारिका घिमिरे, सुशिला पाठक, सिर्जना खत्री हाउडेमाया, पवित्रा आचार्य, काव्या अचार्य, लोकराज अधिकारी, विनोद श्रेष्ठ, अनामिका चौलागाई, योगेश काजी, गापाल काजी कायस्थ, निर्मात्री रोशनि केसी, सन्तोष श्रेष्ठ, ठाकुर प्रताप दुलाल, सन्जीत भण्डारी, प्रकाश खरेल, दिनेश थापा, देवेन्द्र नेवा, अर्जुन खड्का, रवि अधिकारी, चित्र प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । छायाँछवि क्रियशनले आयोजना गरेको यस अवार्डमा सह–आयोजना वि एण्ड के इन्टरटेनमेन्टले अवार्डको आयोजना संयुक्त रुपमा गरेका थिए ।

कमेन्ट गर्नुहोस्